बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ४ सेमिफाइनलमा

बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरवडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ ।


आज भएको खेलमा वडा नम्बर ६ लाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै वडा नम्बर ४ सेमिफाइनल प्रवेश गरेको हो । खेलको ४५ औँ मिनेटमा वडा नम्बर ४ का भूपेन लिम्बूले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५५ औँ र ७२ औँ मिनेटमा हिसुब थपलियाले दुई गोल गरे जित निश्चित बनाए ।

खेलको प्लेयर अफ म्याच वडा नम्बर ४ का दुई गोलकर्ता राष्ट्रिय टिमका सदस्यसमेत रहेका थपलिया भए । उनलाई समिति अध्यक्ष विकास गिरी र वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गरे ।


पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ । प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गरुङले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् । विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
344
सम्बन्धित

लोकप्रिय

लोकप्रिय