बाह्रदशीमा शव खोज्न जेसिवीको प्रयोग, अझै भेटिएन शव

बिर्तामोड । हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले झापाको बाह्रदशी– ६ मा प्रहरीले आज जेसिवी प्रयोग गरिरहेको छ ।


स्थानीय २१ वर्षीय राजेश हजामको हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले प्रहरीले आज पनि आगनको भागमा खन्ने काम गरिरहेको छ । हिजो घरेलु सामग्रीले शव खोज्न खनिएको थियो भने आज जेसिवी नै प्रयोग गरिएको छ ।

हिजो राती ८ बजेसम्म घरभित्र खनेर शव खोजिएको थियो । आज पनि प्रहरीले गाउँपालिकाको जेसिवी प्रयोग गरेर शवको खोजी गरेको हो । तर शव भेटिएको छैन् ।


गत जेठ १५ गतेदेखि हराइरहेका हजामलाई स्थानीय राजेश राजवंशीले हत्या गरेको स्वीकार गरेका छन् । उनीसँगै प्रहरीले उनको भाउजुलाई पनि पक्राउ गरिसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

जेठ १५ गते राती एउटा फोन आयो, परिवार भन्छन्, फोन आए लगत्तै साइकल लिएर हिडेका राजेश फर्किएनन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
276
सम्बन्धित

लोकप्रिय

लोकप्रिय