झापामा हात्ती आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा हात्ती आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।


मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का बृद्ध रहेका छन् ।

स्थानीय रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा सोही स्थानका करिब ६० वर्षका वाङदी गुरुङको बिहीबार बिहान हात्ती आक्रमणमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


८-१० वटाको संख्यामा रहेका हात्तीले गुरुङलाई लखेटेर लतारपछार पारेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
221
सम्बन्धित

लोकप्रिय

लोकप्रिय