अर्जुनधारा प्रेस क्लबलाई नगर खेलकुद विकास समितिले दियो खेल सामाग्री

शनिश्चरे । अर्जुनधारा नगर खेलकुद विकास समितिले प्रेस क्लब अर्जुनधारालाई फुटबल र जर्सी प्रदान गरेको छ ।


बुद्धशान्ति प्रेस क्लबको आयोजनामा आजबाट हुन गइरहेको मिडिय कप २०८१ मा सहभागी हुने प्रेस कलबको टोलीलाई अर्जुनधारा नगर खेलकुद विकास समितिले जर्सी सहित खेल सामाग्री प्रदान गरेको हो ।


अर्जुनधारा ७ स्थित प्रस्तावीत रंगशालामा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङ्देन, सदस्य निशा मोक्तान तामाङ र सल्लाहाकार बिरबहादुर राईसहितको टोलिले प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई र टिम कप्तान राजन साम्पाङलाई उक्त सामाग्री हस्तनान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रेस क्लबका सचिव नरेश खाती, पूर्वअध्य दिपिन राई, कुमार भट्टराई लगायत दर्जनौ पत्रकारहरु सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
358
सम्बन्धित

लोकप्रिय

लोकप्रिय