मन्त्री राई सवार गाडीमा आक्रमण,६ पक्राउ

झापा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण गरेर लुटपाट गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।


बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार राति १० बजेतिर लुटपाटको प्रयास भएको प्रहरीले बताएको छ ।

राई विराटनगरतर्फ फर्किने क्रममा बेलकाको सिरवानीमा ६ जनाको समूहले गाडी रोकेर लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको अरोपमा बुधबार विशाल राई, थानवीर राई, आकाश राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरिएको हो ।


कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । लुटपाटकै उद्देश्यले गाडीमा आक्रमण भएको देखाएको उनको भनाइ छ ।

उनले भने, “यस समूहले पहिले पनि लुटपाट गर्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।“ राज्यमन्त्री सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोज्दा चालकले भगाएका थिए । गाडी अघि बढेपछि त्यसमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
0
354
सम्बन्धित

लोकप्रिय

लोकप्रिय