डीभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् ।


उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ । अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले हालसालै गरेको फैसला अनुसार यस्तो हुने भएको हो ।

यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ ।


तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
255
सम्बन्धित

लोकप्रिय

लोकप्रिय