आगलागीमा परेर फिदिममा दिदी भाई घाइते

पाँचथर । पाँचथरको फिदिममा आगलागीमा परी दुईजना बालबालिका घाइते भएका छन् ।


मंगलबार बिहान ९ बजे फिदिम–४ थापाटार बस्ने देवीप्रसाद पौडेलका १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल जलेर घाइते भएका हुन् ।

दुई जना दिदीभाइले घरमा मैनबत्ती बालेर खेलिरहेकोमा बुबा देवीप्रसादले ट्याम्पोमा पेट्रोल हाल्ने क्रममा एक्कासि आगो लागेपछि दुवै जनालाई आगोले पोलेको थियो ।


उनीहरूलाई पाँचथर जिल्ला अस्पतालमा उपचार गरी थप उपचारको लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ । दुवै बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
291
सम्बन्धित

लोकप्रिय

लोकप्रिय