भारतमा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु

पश्चिमी भारतको पुणे जिल्लाको बावधननजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन्। हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्।


अधिकारीहरूका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान ६स्४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एकजना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरूसमक्ष बताए।


उनले आफूहरू घटनास्थलमा पुग्दा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भाग छरिएको देखेको उल्लेख गरेका छन्।उनले दुर्घटनामा मृत्यु भएका तीनैजनाको शव निकाली प्रहरीलाई हस्तान्तरण गरिएको बताए।

हेलिकप्टर विपक्षी राष्ट्रवादी कंग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ। दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन तर स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकाले दुर्घटना भएको उल्लेख गरेका छन्। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
322
सम्बन्धित

लोकप्रिय

लोकप्रिय