इरानद्वारा इजरायलमा करिब दुई सयवटा मिसाइल आक्रमण

इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सयवटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ। त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।


इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अभिभ र यस क्षेत्र वरपरका तीनवटा सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ।

इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ। सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा गतिमा यात्रा गर्न सक्षम छ।


तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण ‘ठुलो गल्ती’ भएको प्रतिक्रिया दिएका छन्।

रिभोलुसनरी गार्डसले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको गत शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
241
सम्बन्धित

लोकप्रिय

लोकप्रिय