तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

झापा । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।


चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
281
सम्बन्धित

लोकप्रिय

लोकप्रिय