बेलबारीमा बस र बोलेरो जिप ठोक्किँदा चालकको मृत्यु

झापा । मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो जित ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ।


पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि उनको न्युरो अस्पताल विराटनगर लगिएकोका उपचारका क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।


दुर्घटनामा बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बसको अगाडिको भागमा पनि क्षति पुगेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
303
सम्बन्धित

लोकप्रिय

लोकप्रिय