आगो निभाउन जाँदा बिर्तामोडको दमकल दुर्घटनामा

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७, इट्टाभट्टा स्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार भारतीय नम्बर प्लेटको कारमा अचानक आगलागी भएको छ। एनएमसी डेरी अगाडि कार गुडिरहेको अवस्थामा अचानक आगलागी भएको बताइएको छ ।


आगलागीको सम्भावित कारण कारको ब्याट्री सर्ट हुनसक्ने आशंका गरिएको छ। यद्यपि, आगलागीको समयमा कारमा रहेका यात्रुहरू सुरक्षित रहेका छन् र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीका कारण कार पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग अहिले सुचारु भएको छ।


यसैबीच, कारमा भएको आगो निभाउन जाने क्रममा बिर्तामोड नगरपालिकाको दमकल दुर्घटनामा परेको छ । बिर्तामोडदेखि मेचीनगर जाँदै गरेको दमकल दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
219
सम्बन्धित

लोकप्रिय

लोकप्रिय