शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा सम्पन्न

अर्जुनधारा । अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको ११ औं साधारणसभा तथा १८ औं स्थापना दिवस सम्पन्न भएको छ ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेलको सभापतित्व र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको हो ।

क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसका लागि बस उपलब्ध गराउने बताउनुभयो । उहाँले बस प्राप्त हुने चरणमा रहेको तर केही कागजी प्रक्रियाले अड्किएको बताउनुभयो ।


नगर प्रमुख गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरकै गहना भएको बताउँदै क्याम्पसको विकास र विद्यार्थीहरुको सहजताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । क्याम्पसका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख मोहन प्रसाद ओलीले क्याम्पसको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आर्थिक प्रतिवेदन लेखा संयोजक कृष्ण पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य भक्तबहादुर खपाङ्गी, पूर्वअध्यक्ष सरोजकुमार ओली लगायतले शुभकामना दिँदै अर्जुनधारा क्षेत्रको शैक्षिक उन्नतिमा शनिश्चरे बहुमुखी क्याम्पसका भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सोही कार्यक्रममा २०७९ को परीक्षामा सहभागि भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

क्याम्पसले बीबीए पहिलो वर्षको परीक्षामा सर्वोउत्कृष्ट अंक हासिल गर्दै क्याम्पस टपर बनेकी अनिसा दाहाललाई नगद ६ हजारसहित प्रमाणपत्रले सम्मान गरेको सहायक क्याम्पस प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो । दाहालले ६७.६ प्रतिशत अंक ल्याएर क्याम्पस टपर बनेकी थिइन् ।

यस्तै बीबीएस चौथो वर्षमा ६१.४ प्रतिशत अंक ल्याउन सफल मनिष आचार्य, बीबीएस दोस्रो वर्षमा समिक्षा राई (६०.४), बीबीएस तेस्रो वर्षमा घनश्याम सापकोटा (५५.८०), बीएड दोस्रो वर्षमा कञ्चन खतिवडा (५४.६६), बीएड पहिलो वर्षमा दिपा भट्टराई (५३.३३) र बीएड तेस्रो वर्षमा बन्दना अधिकारी (४८ प्रतिशत) लाई नगद रु चार हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय