बाढी-पहिरोमा परि मृत्यु हुने संख्या २३८ पुग्यो

झापा । असोज १० गतेदेखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी,पहिरो र डुबानमा परेर उपत्यका र अन्य चार प्रदेशका ३२ जिल्ला प्रभावित भएको छ।


ती जिल्लाहरूमा भएको विपद्‍बाट आज साँझसम्म २३८ जनाको मृत्यु भएको छ। १०७ जना घाइते भएका छन् भने २९ जना बेपत्ता रहेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

प्राप्त विवरण अनुसार कोसी प्रदेशमा २५, मधेश प्रदेशमा ७, उपत्यकामा ९८, बागमती प्रदेशमा १०५ र लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।


उनका अनुसार ४ हजार ५०९ जनाको भने सकुशल उद्धार गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
316
सम्बन्धित

लोकप्रिय

लोकप्रिय