बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा

बिर्तामोड । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।


काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।


युट्युब च्यानल ‘देश दुनियाँ खबर’ मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एकजना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । यसैबीच, बिर्तामोडमा प्रसाईं रिहाइको खुसियालीमा र्‍याली निकालेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
326
सम्बन्धित

लोकप्रिय

लोकप्रिय