मोरङमा ३सहित ७ जना मृत फेला

काठमाडौँ । मोरङ जिल्लामा ३ जनासहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  मोरङ, ग्रामथान गाउँपालिका-६ भर्चोल बस्ने ३५ वर्षीय सत्य नारायण भगत सोही ठाउँस्थित पैनीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।


यसैगरी मोरङ, विराटनगर महानगरपालिका-८ हाटखोलास्थित संघिया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-४ खोरीयास्थित डाँस खोलामा पथरीशनिश्चरे नगरपालिका-८ मंगलबारे बस्ने ७५ वर्षीय लाख बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । 


यस्तै सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने महावीर ठाकुरको छोरा १२ वर्षीय अंकित ठाकुर सोही ठाउँस्थित जमेको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गुल्मी, कालिगण्डकी गाउँपालिका-१ हर्मिचौर बस्ने २६ वर्षीय लिल हादुर सुस्लिङ मगर सोही ठाउँस्थित दिहिङखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै काठमाडौं महानगरपालिका-९ तिलगंगा नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित रामकुटी अगाडिको चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
316
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय