विपद्‌का बेला सरकारले प्रभावकारी काम गरेको छ-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको दाबी गर्नुभएको छ।


उहाँले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको समेत आरोप गाउनुभयो ।

अमेरिकाबाट स्वदेश आइपुगेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भन्नुभयो, ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ।’


जवाफका क्रममा प्रधानमन्त्री ओलीले बाढी पहिरो जस्ता विपद्‌का घटनाहरू म आएँ भन्दै नआउने र जतिसुकैबेला पनि पर्न सक्ने बताउनुभयो। यस्तो बेलामा सरकारले गर्ने भनेको उद्धार व्‍यवस्थापन र राहतका कार्यक्रम रहेको र जुन सरकारले गरेको ओलीले बताउनुभयो ।

४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किनुभएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
276
सम्बन्धित

लोकप्रिय

लोकप्रिय