बिर्तामोडको सुन्दर निचाझोडा सामुदायिक वनबाट गोलिया बरामद

बिर्तामोड । सशस्त्र प्रहरीले झापा बिर्तामोड– ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनबाट चोरी गरी लुकाइराखेको ६० क्यु।फिट साल जातको गोलिया बरामद गरेको छ ।


भुजेल डाँडा भन्ने स्थानमा लुकाई राखेको ६० हजार मूल्य बराबरको सालको गोलिया बरामद गरिएको हो ।

सशस्त्र प्रहरी वल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सशस्त्र प्रहरी नायव निरीक्षक ज्वाला खड्काको कमाण्डमा पाँच जना र सुन्दर निचाझोडा सामुदायिक वनबाट २ जना वनरक्षक गरी ७ जनाको संयुक्त गस्ती टोलीले सो गोलिया र १० हजार मूल्य बराबरको साल जातका बिरुवा नियन्त्रणमा लिई कार्वाहीका लागि वन उपभोक्ता समितिलाई बुझाइएको वन समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
176
सम्बन्धित

लोकप्रिय

लोकप्रिय