पहिरोमा पुरिएका ६ जना फुटबलरको एकसाथ अन्तिम अन्त्येष्टि

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना किशोर फुटबलरको सोमबार दाहसंस्कार गरिएको छ।


गत शनिबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएका ६ किशोर फुटबलरको पशुपति आर्यघाटमा एकसाथ दाहसंस्कार गरिएको हो ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षितस्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएका थिए ।


खोजबिनका क्रममा उनीहरू सबैजना किशोर फुटबलरको शव भेटिएको थियो । पहिरोमा पुरिएर ज्यान गुमाउनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योञ्जन थिए ।

मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ज्यान गुमाएका ६ जनासहित ४० किशोर बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना किशोरलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

ती ६ जना खेलाडीको पशुपतिमा दाहसंस्कार गरिएको हो । उनीहरूको पार्थिव शरीरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा र एन्फा अध्यक्षले संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
370
सम्बन्धित

लोकप्रिय

लोकप्रिय