बिर्तामोडमा मोटरसाइकल दुर्घटना, चालक अनिस न्यौपानेको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड–१० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।


गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय अनिस न्यौपानेको ज्यान गएको हो।

प्रहरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक अनिस न्यौपाने गम्भीर घाइते भएका थिए। टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल पुर्याइएको थियो ।


उनको उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार,बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा घाइते भएका छन्।

उनको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल हाल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
440
सम्बन्धित

लोकप्रिय

लोकप्रिय