नुवाकोटको शिवपुरीमा माइक्रोबस दुर्घटना, १२ यात्रु घाइते

नुवाकोट । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन्।


काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। माइक्रोबसमा १८ यात्रु सवार थिए। घाइतेलाई उपचारका लागी काठमाडौं पठाइएको छ।

धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो। माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
317
सम्बन्धित

लोकप्रिय

लोकप्रिय