खोलाले बगाएकी झापाकी नेहारिका दुईदिनपछि मृत भेटिइन्

झापा । दुईदिन अघि झापाको जमुना खोलाले साइकलसहित बगाएकी बालिका मृत भेटिएकी छिन् ।


कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी आइतबार दिउँसो मृत भेटिएकी हुन ।

बालिकको शव बेपत्ता भएको स्थानबाट करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँबाट ५०० मिटर पूर्व सोनामुनि खोलाको डिलमा धानबारिमा भेटिएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।


उनी चढेको लेडिज साइकल चाहिँ विहान फेला उनको भनाइ छ । भारतको विहारस्थित आफ्नो सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा पुगेपछि शुक्रबार दिउँसो करिब ३ बजे जमुना खोलाले उनलाई साईकलसहित बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
302
सम्बन्धित

लोकप्रिय

लोकप्रिय