बाढी, पहिरो र डुबानबाट १७० जनाको ज्यान गयो, ४ हजारको उद्धार

झापा । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १७० जनाको मृत्यु र ४२ जना बेपत्ता भएको जानकारी दिए। उनले १११ जना व्यक्ति घाइते रहेको बताए।

उनले विपद्‌बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षानिकाय परिचालन भई निरन्तर काम गरिरहेको जानकारी गराए। उनले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न ठाउँमा घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको बताए।


प्रवक्ता तिवारीले भने, ‘देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना घाइते रहेको अवस्था छ।’

उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताए। अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
270
सम्बन्धित

लोकप्रिय

लोकप्रिय