बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् ।


आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

बाटो काट्दै गरेको प्रदेश १–०१–०१३ प ४४७६ नम्बरको मोटरसाइकललाई बिर्ता बजारबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१५ प ८२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।


दुर्घटनामा बिर्तामोड-४ बस्ने २८ वर्षीय रोहित राई र पछाडि बसेका सचिन शाही तथा बिर्तामोड-१ बस्ने गुणराज श्रेष्ठ घाइते भएका प्रहरी चौकी बिर्ता बजारले जानकरी दिएको छ ।

घाइते तीनजनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी बिर्ता बजारको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय