सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

सुनसरी । सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ ।


गएराति ८.३० बजे सुनसरीको बराहक्षेत्र नगरपलिका–४ बराहक्षेत्रमा आफ्नै घरमा सिटीसफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५५ बर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका आफन्तले प्रहरीलाई खवर गरेपछि चकरघट्टी महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला अस्पताल इनरुवा लगी आज दिउँसो १ बजे चौधरीको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय