झ्याप्ले खोलाको पहिरोबाट ३५ जनाको शव निकालियो

काठमाडौं । नागढुंगा नाकाको ठीक मुन्तिर झ्याप्ले खोलाको पहिरो खोतलेर प्रहरीले आइतबार अपरान्हसम्म ३५ जनाको शव निकालेको छ ।


अविरल वर्षापछिको पहिरोले पुरिएको बस प्रहरीले शनिबार साँझदेखि एक्साभेटरको सहायताले निकालेको थियो । आइतबार साँझसम्म ३ वटा गाडी पहिरोबाट बाहिर निकाल्दा त्यहाँ ३५ वटा शव भेटिएको हो ।

दलदल हिलोबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव निकालेका थिए । काठमाडौं प्रवेश गर्ने प्रमुख नाकासमेत अवरुद्ध पार्ने गरी खसेको पहिरोले बसहरु त रोकेका थिए नै, पैदलयात्रीको पनि बाटो छेकेको थियो ।


प्रहरीले शव निकाल्नुका साथै सर्वसाधारणलाई सडक वारपार पनि गराएको थियो। सुरक्षाकर्मीले धेरै सर्वसाधारणलाई नागढुंगा सुरुङमार्गबाट काठमाडौं उपत्यकामा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
368
सम्बन्धित

लोकप्रिय

लोकप्रिय