बाढीपहिरोका कारण देशभर १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी १०१ जना घाइते भएका छन् ।


बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच, पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा दुई, उदयपुर एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।


बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ जना सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।

यसैगरी बाढीपहिराले ३२२ वटा घरमा क्षति र १६ वटा पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
497
सम्बन्धित

लोकप्रिय

लोकप्रिय