झ्याप्ले खोला पहिरोमा पुरिएका २४ जनाकाे शव निकालियो

धादिङ । धादिङको झ्याप्ले खोलामा अहिलेसम्म पहिराेले पुरिएका २४ जनाकाे शव निकालिएकाे छ ।


झ्याप्ले खोलाको पहिरोबाट आज मात्र १० वटा शव निकालिएको छ भने चितवनबाट आएको बा.३ज १३४५ नम्बरको गाडीबाट हिजो १४ वटा शव निकालिएको थियो ।

धादिङको धुनिबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा शनिबार आएको पहिरोमा परेर गाडीसहित यात्रु पहिरोमा पुरिएका थिए  । अवरुद्ध सडक हटाउने क्रममा सुरक्षाकर्मीले सबैलाई मृत अवस्थामा फेला पारेका हुन् ।


नागढुंगादेखि झ्याप्ले खोलासम्म मात्रै १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । झ्याप्ले खोला क्षेत्रमै अझै दुईवटा टुरिस्ट बस, एक विंगर भ्यान र एक मिनीबस पुरिएको अवस्थामा छन् । पहिरो खस्ने क्रम रोकिएकाले अहिले सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । पहिरोले पुरिएर मृत्यु भएका २४ जना काठमाडौं आउँदै गरेका यात्रु हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
281
सम्बन्धित

लोकप्रिय

लोकप्रिय