सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च भएको छ। आइतबार बिहान ३ बजेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेण्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।


यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेण्ड सात लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।

कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्।


सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नहुञ्जेलसम्म बन्द गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेण्डतीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेण्ड चार लाख १८ हजार २८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेण्ड पाँच लाख सात हजार ६९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेण्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
320
सम्बन्धित

लोकप्रिय

लोकप्रिय