देशभरका विद्यालय आजदेखि तीन दिन बन्द, सबै परीक्षा स्थगित

झापा । देशभर वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले आइतवारदेखि ३ दिन विद्यालय बन्द गर्ने भएको छ।


देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले जानकारी दिएको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।


विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वान गरेको छ। सरकारले विश्वविद्यालय लगायत सबै शैक्षिक संस्थाका परीक्षा समेत रोक्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय