झापामा डुबेकामध्ये एकजना मृत फेला, दुईजना अझै बेपत्ता

झापा । अविरल वर्षाका कारण हिजो झापामा डुबेर बेपत्ता भएकामध्ये एकजना मृत अबस्थामा फेला परेका छन् भने दुईजना अझै हराइरहेका छन् ।


हिजो बेलुका गौरीगंज गाउँपालिका वडा नं. २ बागहाचौधरी र वडा नं. ४ को बेलडाँगी बीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव आज साँझ ६:४० बजे भेटिएको हो । उनको शव पुलको दक्षिणपट्टि काशघारीमा अड्किएको अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

हिजो दिउँसो ३:३० बजे कचनकवल–१ चमरभित्तास्थित जमुना खोलामा बेपत्ता भएकी १४ वर्षीया निहारिका राजवंशी अझै भेटिएकी छैनन् । चमरभित्ताबाट झकुवा टोलतर्फ आउँदै गरेकी पन्चु राजवंशीकी छोरी नेहारिकालाई जमुवा खोलाको कज्वेबाट बगाएको थियो । हिजोदेखि सशस्त्र प्रहरी ,नेपाल प्रहरीसहित खोजी भइरहेपनि अझै नभेटिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । उनले छिमेकी भारतका स्थानीय सुरक्षा संयन्त्रसंग समन्वय गर्ने काम भएको जानकारी दिए ।


त्यस्तै हिजो साँझ किस्ने खोलामा बेपत्ता भएका कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी अझै भेटिएका छैनन् । हिजोदेखि प्रहरी टोली खटिएर चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
276
सम्बन्धित

लोकप्रिय

लोकप्रिय