काठमाडौंमा ५४ वर्षयताकै अत्याधिक वर्षा, उपत्यकामा मात्रै ३४ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।


सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको अभिलेखमा शनिबार काठमाडौँमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौँमा सन् २००२ मा सबैभन्दा ठूलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रबार र शनिबार झन् ठूलो वर्षा भएर नयाँ रेकर्ड बनेको हो ।


शनिबार बिहान ८:४५ बजेको रेकर्डअनुसार काठमाडौँको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको छ । जबकी सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो । विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको देखिएको मौसमविद् झाले बताए ।

बाढीपहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो । यस्तै काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
367
सम्बन्धित

लोकप्रिय

लोकप्रिय