कोशीमा ३७ वर्षयताकै उच्च बहाब, आवत जावतमा रोक

विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ ।


सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए ।

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।


यसैबीच, मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन तहका सुरक्षा निकायको टोली कोशी ब्यारेज क्षेत्रको अनुगमनमा पुगेको थियो । मुख्यमन्त्रीले ब्यारेजको अनुगमन गर्दै अत्यावश्यक बाहेकका यातायातमा रोक लगाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
357
सम्बन्धित

लोकप्रिय

लोकप्रिय