देउमाइमा पहिरो जाँदा, ४ घरका १३ जना विस्थापित

इलाम । इलामको देउमाइ नगरपालिका १ मैदानेको सिमानामा रहेको महाभारा डाँडामा गएको पहिरोका कारण ४ घरका १३ जना विस्थापित भएका छन् ।


माथिदेखि आएको पहिरोसँगै बगेको लेदो घरभित्र पसेपछि इलाम देउमाइ९१ का पासाङ शेर्पा, फुर्वा शेर्पा, दमु शेर्पा र फुर्तिम्बा शेर्पाको परिवार विस्थापित भएका हुन् । शुक्रबार साँझ ८ बजे महाभारा डाँडा हुँदै देउमाइ तर्फ पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार पहिरोका कारण घरहरू लेदोले भरिएका छन् । पहिरोका कारण पासाङका ५ सहित फुर्वा, दमु र फुर्तिम्वाको परिवारका २–२ गरी १३ सदस्य विस्थापित भएका हुन् । उनीहरुलाई राति नै आफन्त कहाँ स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।


रातभरी पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको तर तथ्यांक संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय