झापा । आज बिहान ६ बजे गएको बजे पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ ।
पाँचथर फिदिम नगरपालिका १२ घर भई हाल फिदिम ४, चिसापानी स्थित नेपाल आदिवासी जनजाती महासंघको भवनमा बस्दै आएकि २४ बर्षीय सपना शेर्पा र उनको छोरी ५ बर्षीया डोमा शेर्पाकाे घर माथीबाट माटोकाे ढिस्काेसहितको पहिरो खस्दा पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा ६:५० बजे मृतकहरुको शव निकाली आवश्यक कानुनी प्रक्रिया भईरहेको प्रहरीले जानकारी दिएको छ ।