धनकुटाको पाख्रीबासमा पहिरोमा परि दुई जनाको मृत्यु

झापा । धनकुटाको पाख्रीबास नगरपालीका वडा नम्बर ५ मा पहिरोमा परि २ जनाको मृत्यु भएको छ ।


गुरासे देवीथान बस्ने सन्तोष तामाङको (तत्काल बसोबास नगरेको नयाँ घर) जस्तापाता, ढुङगा माटो र काठपातले बनेको एक तले घरमा माथी बाट पहिरो खस्ने क्रममा उक्त घरमा राखेको सामान निकाल्न जादा निजको श्रीमती वर्ष अन्दाजी ३०/३२ की आशा तामाङ र आशा तामाङको आमा (माईती घरको) वर्ष ५० की रामकुमारी तामाङको ज्यान गएको हो ।

नेपाली सेना तथा सशस्त्र प्रहरी बल सँग समन्वय गरी उद्वार कार्य गर्दा २ जना मृत अवस्थामा निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य उद्धारको कार्य भईरहेको बताइएको छ ।


उक्त घरमा सामान निकाल्न जाने क्रममा छिमेकी योगेन्द्र बाहदुर तामाङको श्रीमती वर्ष २४ की मिन माया तामाङ समान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
386
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय