पहिरोले अर्जुनधाराको एक घरमा क्षति, इलामका चार परिवार बिस्थापित

बिर्तामोड । अविरल वर्षाका कारण पहिरो जाँदा झापा अर्जुनधाराको एक घरमा क्षति पुगेको छ ।


अर्जुनधारा–१ माटे बस्ने प्रविन राईको घरमा पहिरो क्षति गरेको हो । टिनको छानो र टिनकै बेरा भएको राईको एकतले घरमाथि पहिरो गएर लेदो पसेपछि ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उता आज साँझ ७ः४५ बजे इलाम देउमाई नगरपालिका–१चमैताको मैदानेमा महाभारा डाँडाबाट पहिरो खस्दा चार परिवार बिस्थापित बनेका छन् ।


पासाङ शेर्पा ,फुर्वा शेर्पा , दमु शेर्पा र फुर्तिबा शेर्पाको घरमाथि पहिरो खसेको हो । उनीहरु आफन्तकोमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
295
सम्बन्धित

लोकप्रिय

लोकप्रिय