समिर तामाङको ‘म अभागी परदेशी’ सार्वजनिक, हेर्नुस भिडियो

बिर्तामोड । समिर तामाङको ‘म अभागी परदेशी’ बोलको गीत सार्वजनिक भएको छ। सन्तोष आलेको शब्द सङ्गित, कलाकारहरु विराज बास्कोटा, पुर्णिमा वान्तवा‌ राई, बालकलाकार समता श्रेष्ठ लगायतका कलाकार अभिनित उक्त गीत आज असोज ११ गते शुक्रबार सार्बजनिक भएको हो।


गायक समिर तामाङको जिवन कहानीमा आधारित रहेर निर्माण गरिएको उक्त गीतमा आर्थिक समस्याका कारण रोजगारीको शिलशिलामा विदेशिनु पर्ने बाध्यतामा परेको एक युवकलाइ जिवनसाथीबाट साथ नमिल्दा, सानो नानीलाइ छोडेर तेस्रो व्यक्तिसँग घरव्यवहार जोड्दा कस्तो  हुन्छ भन्ने अवस्थालाइ‌ चित्रण गरेको छ ।

३० वर्षिय तामाङ लामो समययता संगीत छेत्रमा आवद्ध हुनुहुन्छ। अर्जुनधारा २ साठिमुरे निवासी तामाङ विभिन्न रियालिटी शोमा‌ सहभागी भइसक्नु भएको छ भने ‘म अभागी परदेशी’ पहिलो आधिकारिक गीत रहेको छ ।


राज शेर्मा‌द्बारा निर्देशित उक्त गीत विराज बासकोटा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

हेर्नुस भिडियो : 

 

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
3
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय