झापा मिडिया कपको मुख्य प्रायोजक बुद्धशान्ति वडा १

बुधबारे । बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने झापा मिडिया कप २०८१ को मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं-१ रहने भएको छ ।


शुक्रबार वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै वडा अध्यक्ष वाग्लेले झापाली सञ्चारकर्मीहरु एउटै मैदानमा खेलका लागि उतार्न पाउँदा खुसी भएको बताए । उनले खेल सफलताको शुभकामना व्यक्त गर्दै सञ्चारकर्मी सञ्चार कर्ममा मात्रै रहीरहँदा तनाब, थकान भइरहेको अवस्थामा दुई दिनको छोटो खेलले केही भएपनि मनोरञ्जन प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात प्रेस क्लबका अध्यक्ष तिम्सिनाले मुख्य प्रायोजलाई धन्यवाद प्रकट गर्दै खेललाई सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालको समेत उपस्थिति रहको थियो । वडा नं १ मा वडा सदस्य तुलसा खतिवडा रेग्मी, लक्ष्मी प्रसाद कंडेल, मोहन कुमार राई, सुमित्रा रसाइली वडा सचिव लोकमाया बानिँया रहेका छन् ।


आगामी असोज १७ र १८ गते हुने प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
647
सम्बन्धित

लोकप्रिय

लोकप्रिय