अन्तिम खेलमा पनि हार्यो नेपाल

काठमाडौं। नेपालले एएफसी यु–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूहचरणको अन्तिम खेलमा पनि पराजय बेहोरेको छ।


न्यु ताइपे सिटीमा शुक्रबार भएको खेलमा नेपाल ४–० ले पराजित भएको हो। योसँगै नेपालले तीन अंकसहित छनोट अन्त्य गरेको छ।

नेपाल कम्बोडियासँग ४–१ को पराजय बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। यो खेलमा समीर तामाङले एक मात्रै गोल गरेका थिए।


उनकै ह्याट्रिकप्रेरित नेपालले चाइनिज ताइपेइलाई ३–१ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लयय गुमाउँदै उज्बेकिस्तानलाई ६–० को नतिजा सुम्पियो।  

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
286
सम्बन्धित

लोकप्रिय

लोकप्रिय