बिरिङ नदीको पुल भत्कियो, आवागमन ठप्प

बिर्तामोड । झापामा बिरिङ नदीको पुल भत्किएको छ । अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ ।


यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।


प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
1
794
सम्बन्धित

लोकप्रिय

लोकप्रिय