झापाका नदीहरुमा जलसतह खतरामाथि

झापा । लगातारको भारी वर्षाका कारण झापाका नदीहरुको जलसतहले खतराको तह पार गरेको छ ।


आज बिहान ११ बजे गरिएको मापनमा कन्काईमा ३.८ मिलिमिटर र निन्दामा १२२.२८ मिलिमिटर जल सतह पुगेको हो । जुन खतराको तह पार गरेको मानिन्छ ।

त्यस्तै २४ घण्टामा केचनामा २०५.८, गौरादहमा १९३.४ र चन्द्रगढी एयरपोर्टमा १९३.४ र अनारमनी बिर्तामोडमा १८७.६ र कन्काई मैनाचुलीमा २१३ , शनिश्चरेमा १२२, सिस्नेमा १३०, बाहुण्डाँगीमा १४५, कन्याममा १०२ मिलिमिटर बर्षा भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
261
सम्बन्धित

लोकप्रिय

लोकप्रिय