अविरलको वर्षाले देशभरका ४ राजमार्गमा सडक अवरुद्ध, ३३६ सडकमा एकतर्फी सवारी सञ्चालन

काठमाडौं । अविरलको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भएका छन् ।


सड विभागका अनुसार देशभरका विभिन्न ४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । त्यस्तै बाढी र पहिरोका कारण ३३६ वटा सडक एकतर्फी चालु रहेको विभागले जनाएको छ । २९५ सडक भने दुवैतर्फ सञ्चालन भइरहेका छन्।

विभागका अनुसार कान्ति राजमागर्न अन्तर्गत हेटौंडा बागमती टिकाभैरव भैरेपाटी एकान्तकुना सडकखण्डको घट्टे पाखामा पहिरोले सडक अवरुद्ध भएको छ भने पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको अक्करे भीरमा लेदो बगेर सडक अवरुद्ध भएको छ ।


त्यस्तै सोही राजमार्ग अन्तर्गत कुखुरेटारमा सडक अवरुद्ध छ । त्यस्तै तमोर कोरिडोरको चतरा पुलदेखि बराहक्षेत्रसम्म जाने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
321
सम्बन्धित

लोकप्रिय

लोकप्रिय