बैतडीमा ८ जना सवार जिप सडकबाट खस्यो

बैतडीमा बिहीबार राति जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना भएको हो।


जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

दशरथचन्द नगरपालिका(३ का ४५ वर्षीय दिलीप नाथ, सोही ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते भएका छन्।


जिपमा ८ जना सवार थिए। अन्य २ जना सकुसल छन्। गम्भिर घाइते दिलिप नाथलाई थप उपचारका लागि राति नै धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। उनको हात र पिठ्युमा चोट लागेको छ।

दशरथचन्द नगरअन्तर्गत पर्ने छेला दुर्गाभवानी ग्रामीण कच्ची सडकमा जिप अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
272
सम्बन्धित

लोकप्रिय

लोकप्रिय