इलाममा पहिरो : विभिन्न सडकहरु अवरुद्ध

इलाम । अविरल वर्षासँगै पहिरो जाँदा इलामका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । आज बिहान पहिरो जाँदा पशुपतिनगर–मानेभन्ज्याङ भित्री सडक खण्ड अवरुद्ध भएको छ ।


बिहान ६ः३० बजे सूर्योदय नगरपालिका– १ स्थित इलाका प्रहरी कार्यालय मानेभन्ज्याङबाट सय मिटर पश्चिममा पर्ने घोडा तरेलामा पहिरो गएको हो । पहिरो गई सो बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै घोसेटा मानेभन्ज्याङ जंगलस्थित मानेभन्ज्याङ–मंगलबारे भित्री कच्ची सडक खण्ड पनि पहिरो गई अवरुद्ध भएको छ । बाटोको अवरोध हटाउन स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


त्यस्तै इलामको बिब्ल्याटे–माबु सडक खण्डअन्तर्गत माबु हाइड्रो छेउ सुलुबुङमा पहिरो खसेर अवरोध भएको छ । भित्री सडकहरूमा अवरोध भए पनि मेची राजमार्ग भने सुचारु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
290
सम्बन्धित

लोकप्रिय

लोकप्रिय