शनिश्चरे अस्पताललाई ७६ लाखबराबरको सामग्री हस्तान्तरण

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले शनिश्चरे नगर अस्पताललाई ७६ लाखबराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।


नगरले आज अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताललाई आवश्यक मेडिकल सामग्री प्रदान गरेको हो । नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले अस्पतालका डा योगेश चेम्जोङलाई स्वास्थ्य उपकरण एवम् सामग्री हस्तान्तरण गरे ।

नगरले डेलिभरी बेड, इसीजी मेशिन, फोटो थेरापी मेशिन, प्यासेन्ट बेड, एक्सरे मेशिनलगायतका सामाग्री अस्पताललाई प्रदान गरेको छ । नगर प्रमुख बलदेवको पहलमा संघीय सरकारले उपलब्ध गराएको सामग्री अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।


नगर प्रमुख बलदेवले मेडिकल सामग्री हस्तान्तरण गर्दै अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न आग्रहसमेत गरे । यसैबीच, नेपालमै पहिलोपल्ट यस अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

गत असार २० गतेदेखि सुरु भएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममा २६ गते शल्यक्रियाबाट पहिलो प्रसुति सेवा लिने अर्जुनधारा ८ की शिवानी पूर्वेलाई सम्मान गरियो । शिशु प्रथम पूर्वेलाई समेत कार्यक्रममा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
320
सम्बन्धित

लोकप्रिय

लोकप्रिय