१६ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

मोरङ । उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ ।


एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए ।

प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।


बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटनाबारेमा जानकारी गराएकी थिइन् ।

तिनै शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई हिजो साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
258
सम्बन्धित

लोकप्रिय

लोकप्रिय