राष्ट्रिय युवा संघ झापाको अध्यक्षमा गिरी र लामाको उम्मेदवारी दर्ता

बिर्तामोड । राष्ट्रिय युवा संघ झापाको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । बुधबार साँझ सञ्चालन गरिएको बन्दशत्रपछि निर्वाचन कार्यक्रम अघि बढेपछि अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी परेको हो ।


युवा संघ झापाका नेता विकास गिरी र आयोजक कमिटीका संयोजक फूर्वा लामाले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्तापछि अधिकतम सहमतिबाटै नेतृत्व चयन गर्ने भनिएपनि अधिकांश प्रतिनिधिहरुले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै आएका छन् ।


आयोजकसहित २७५ जना प्रतिनिधि रहेको युवा संघको सम्मेलन निर्धारित समयभन्दा २६ महिना ढिलो भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय