झापा । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ।
केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो।
चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। चाँदी प्रतितोला १९५५ रुपैयाँ छ।