झापामा दुई वटा ट्रक जलाउने थप ६ जनामाथि ज्यान मार्ने मुद्दा

झापा । गएराति पक्राउ परेका दुर्गा प्रसाईँका ६ जना समर्थकमाथि पनि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । दुई वटा भारतीय ट्रकमा आगजनी र चालकहरूलाई ज्यान मार्ने प्रयास भएपछि खोजतलास गर्ने क्रममा गएराति बिर्तामोड–१ चारपानेमा ७ जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको थियो ।


पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान झापाका सदस्य हल्दिवारी– १ बस्ने २४ वर्षीय विवश लिम्बू, अभियान झापाका जिल्ला सदस्य बुद्धशान्ति– ४ बस्ने १९ वर्षीय बलिहाङ माबो लिम्बू , अभियानका मेचीनगर नगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत , अभियानका जिल्ला कोषाध्यक्ष अर्जुनधारा –९ बस्ने ३८ वर्षीय रुद्र भुजेल , अभियानका सल्लाहकार सदस्य हल्दिबारी– १ बस्ने ५१ वर्षीय वरिबहादुर गुरुङ र अभियानका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू रहेका छन् ।

प्रहरीले ७ जनालाई पक्राउ गरेकोमा हल्दिबारी– १ बस्ने ४७ वर्षीय खेमराज दाहाल सवारी चालक भएको र ट्रक आगजनीलगायतका घटनामा संलग्न नरहेको पुष्टि भएपछि उनलाई छोडिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।


पक्राउ परेकाहरूलाई उपद्रव र ज्यान मार्ने उद्योगमा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए । यसअघि प्रहरीले अभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र अभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि पनि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । दुर्गा प्रसाईँका समर्थकहरूले असोज ६ गते राति दुई वटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
325
सम्बन्धित

लोकप्रिय

लोकप्रिय